हावाहुरीले रुखको हाँगा भाँचिएर लाग्दा एक महिलाको मृत्यु
हावाहुरीका कारण शिरीषको रुखको हाँगा भाँचिएर लाग्दा दैलेखमा एक महिलाको मृत्यु भएको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका – ५ तलिगाउँ निवासी ६८ वर्षीय जौमती जैसीको मृत्यु भएको हो ।
‘स्याउला संकलन गरेर भारी बोक्नै लाग्दा अचानक हाँगो बजारिएछ,’ उक्त वडाका वडाअध्यक्ष नारायण रेग्मीले रातोपाटीलाई भने ,‘ हाँगो शरीरमा खसेपछि घटनास्थलमै मृत्यु भयो ।’
