श्रीमती हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ




नवलपरासी (पश्चिम)। श्रीमती हत्या गरेको अभियोगमा प्रहरीले श्रीमान्‌लाई प्रकाउ गरेको छ । प्रतापपुर गाउँपालिका-४ ठुलो खैरटवा बस्ने ३५ वर्षीय उमेश हरिजनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएकी सलन्तीको शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सेमरीले जनाएको छ।




घरायसी विषयमा विवाद हुँदा श्रीमानले सलन्तीलाई कुटपिट गरी घाइते बनाएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...