भरतपुर अस्पतालका शतप्रतिशत बिरामीको अक्सिजनका भरमा उपचार




चितवन । कोभिड–१९ संक्रमण भई भरतपुर अस्पतालमा भर्ना भएका शत प्रतिशत बिरामी अक्सिजनको भरमा उपचाररत छन् । अस्पतालका डा। भोजराज अधिकारीले कोभिड–१९ का कारण भर्ना भएका सबै बिरामीलाई अक्सिजन लगाउनुपरेको बताएका छन् ।

उनले कोरोना संक्रमणको जोखिमबारे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भरतपुर अस्पताल हाल कोभिडले भरिएको जनाएका छन् । उनका अनुसार १२ घन्टामा २५ जनाको दरले भर्ना भइरहेको बताए ।




कोभिड–१९ का बिरामीको यही अनुपातमा भर्नादर बढिरहे गर्भवती सेवा, प्रसूूति, आइसियू, एनआइसियू, अपरेसन थियटर, पोस्टअप र डायलासिसबाहेक अस्पताल नै कोभिडमय हुने औँल्याएका छन् ।

डा। अधिकारीले हाइफ्लो अक्सिजनको सपोर्टमा समेत बिरामीले श्वासप्रश्वासमा समस्या भएको र अक्सिजन नपुगेको गुनासो गरिरहेका बताएका छन् । भरतपुर अस्पतालमा हाल ८० जना हाराहारी बिरामी भर्ना भएको छन् । अन्य अस्पतालमा भर्ना भएका बिरामीको पनि अवस्था पनि यस्तै रहेको उनको भनाइ छ ।

बिरामीको संख्या बढ्दै जाँदा अक्सिजनको अभाव हुन नदिन अस्पतालले सक्दो प्रयास गरे पनि भर्ना भउका सबै बिरामीलाई अक्सिजन दिनुपरेपछि सबै बेडमा सिलिन्डर पु¥याउन हम्मे परेको उनले बताए ।

कोभिड–१९ को नयाँ भेरियन्टलाई मध्यनजर गर्दै स्वास्थ्यका सबै मापदण्ड पालना गर्न र हेलचेँक्रयाइँ नगर्न उनले सबैलाई अनुरोध गरेका छन् ।



सम्बन्धित
Loading...