२ जना मृत अवस्थामा फेला




सुनसरीको दुहबी नगरपालिकामा एउटा अज्ञात शब फेला परेको छ।

जयबाबा इँटा उद्योग नजिक सानो खोलास्थित दहमा हाल नाम, थर, वतन नखुलेका पुरुष मृत अवस्थामा फेला परेका छन् ।




यसैगरी सुनसरी ईनरुवा नगरपालिका ५ बलाहा मण्डल टोलस्थित नहरको डिलमा अर्को शब फेला परेको छ। भोक्राहा नरसिंह गाउँपालिका २ महत्तो टोल बस्ने ६० वर्षीय देव नारायण महत्तो मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित
Loading...