कञ्चनपुरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ




कञ्चनपुर – कञ्चनपुरमा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार लागुऔषधसहित पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २३ वर्षीय प्रभुराज हमाल र बेलडाँडी गाउँपालिका–५ इमलियाका २१ वर्षीय गोपाल राना रहेका छन् ।




हमाललाई बेलडाँडी गाउँपालिका–३ सिमलडाँडी क्षेत्रबाट १० दशमलव ३६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

यसैगरी रानालाई से१प ५०१८ नंको मोटरसाइकलमा आउँदै गरेको बेला जाँच गर्दा तीन दशमलव ९० ग्राम ब्राउन सुगर बरामद गरिएको हो ।

 



सम्बन्धित
Loading...