नवलपुरको विकासका प्रस्ताव बोकी सांसद महत सहितको टोलीद्धारा प्रधानमन्त्रीसंग छलफल


कावासोती ।सासंद तिलक महत सहितको टोलीले नवलपुरको विकासका योजनाहरुका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष छलफल गरेको छ ।



नवलपुर क्षेत्र नंम्बर दुईका सांसद महत सहित पूर्व सांसद चन्द्रमणी खराल, हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष रोशन थापा, रिर्टनी माईगे्रन्ट नेपाल गण्डकी प्रदेशका अध्यक्ष नेत्र थनेत सहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नवलपुरको विकास योजनाहरुको प्रस्ताव तथा छलफल गरेको सांसद महतका स्वकीय सचिव दिपक शर्माले बताउनुभयो ।

प्रधानमन्त्री समक्ष नमूना सदरमुकामका लागि आउदो बजेटमा रकम विनियोजन गरि काम अगाडी बढाउने, धौवादी फलाम खानी उत्खनन्को कामलाई छिटो अगाडी बढाउने, त्रिवेणी –दुम्किबास सडक निर्माणको कामलाई अगाडी बढाउने भन्ने विषयमा प्रस्तावहरु राखि छलफल गरिएको स्वकीय सचिव शर्माले बताउनुभयो ।




नवलपुर पर्यटकिय दृष्टिले सम्भावनाको जिल्ला भएकाले नारायणीमा जल यातायात संचालन गर्न र यसकालागि राइनो क्रुजलाई गोलाघाट देखी अमलटारी हुदै त्रिवेणी सम्म पुर्याउ पहल गरिदिन प्रधानमन्त्री समक्ष आग्रह गरिएको उहाँले बताउनुभयो ।

प्रधानमन्धी ओलीलाई भेट्न पुगेको सांसद महत सहितको टोलीले रिटर्नी माइगे्रन्ट नेपालको नेतृत्वमा बन्न लागेको नवलपुर कोल्ड स्टोरलाई नेपालको नमूना चिस्यान केन्द्र बनाउन , नवलपुर –डेढगाउँ –पोखरा जोड्ने सडकलाई बजेट विनियोजन गरि कामलाई आगाडी बढाउन र डण्डामा रहेको थारु राष्ट्रिय संघ्रालय अध्यन केन्द्रको स्तरोन्नती गर्दै भोगाधिकारको लागि सम्बन्धीत मन्त्रालयमा काम अगाडी बढाउने विषयमा समेत प्रधानमन्त्री समक्ष छलफल गरिएको स्वकीय सचिव शर्माले बताउनुभयो ।

यस बाहेक नवलपुका अन्य विकासका कामका बारेमा समेत छलफल गरिएको उहाँले बताउनुभयो । प्रस्ताव गरिएका योजनाहरुको विषयमा प्रधानमन्त्री सकारात्मक रहेको उहाँले बताउनुभयो । सांसद महत सहितको टोलीले शनिबार साँझ प्रधानमन्त्रीलाई भेट गरेको हो ।



सम्बन्धित
Loading...