नवलपुरमा ४३ जना नयाँ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २७२ पुग्यो




नवलपुर । पूर्वी नवलपरासीमा आइतबार ४३ जना नयाँ संक्रमित फेला परेका छन् ।

यो सहित नवलपुरमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या २७२ पुगेको छ ।




नवलपुरमा पछिल्लो पटक गैडाकोटमा ३१ जना, देवचुलीमा १ जना, विनयी त्रिवेणीमा ८ जना, हुप्सेकोटमा ३ जना नयाँ संक्रमित भेटिएका हुन् ।

नवलपुरमा पछिल्लो २ जनाको निधन भएको छ भने नयाँ संक्रमणको लहर पछि संक्रमित भएका मध्ये २५ जना निको भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।



सम्बन्धित
Loading...