गैंडाकोटको कहरः बिहे र रत्यौलीमा गएका बढी संक्रमित

1,880












प्रेम क्षेत्री,
वैशाख १९, गैँडाकोट । गैँडाकोटमा विवाह र रत्यौलीमा गएका अधिकांशमा कोभिड संक्रमण देखिएको छ । विवाह कार्यक्रममा गएका उनिहरु एकाएक बिरामी पर्न थालेपछि कोभिड जाँच गर्दा उनिहरुमा संक्रमण देखिएको हो ।

छिमेकीका विभिन्न पूजाकार्य र महिला समूहका कार्यक्रममा गएकाहरुलाई पनि समूहमा नै कोभिड संक्रमण पाईएको छ । संक्रमितहरुले पछिल्लो पटक विवाहमा गएको, रत्यौली खेलेको, समूहको कार्यक्रममा भाग लिएको प्रतिक्रिया दिएका छन् ।


गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले सो कुराको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार समूहमा आएका ११ जनाको परिक्षण गर्दा एकै स्थानका ९ जनासम्मलाई संक्रमण देखिएको थियो । संक्रमित अधिकांश महिला रहेका छन् । गैँडाकोट २, ४ र ५ संक्रमण उच्च रहेको छ । गैँडाकोट १८ बाहेकका सबै वडामा संक्रमण देखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

आजसम्म गैँडाकोटमा १ सय २१ जनामा कोभिड १९ संक्रमण भएको पाईएको छ । उनिहरु आईशोलेसनमा रहेको गैँडाकोट नगर स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा मात्रै गैंडाकोटका २२ जनामा संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।

गैँडाकोट १ का १८ जना, २ मा २५ जना, ३ मा १ जना, ४ मा ५ जना, ५ मा २४ जना, ६ मा ४ जना, ७ मा १ जना, ८ मा ९ जना, ९ मा ३ जना, १० मा ५ जना, ११ मा १ जना, १२ मा १ जना, १३ मा २ जना, १४ मा ३ जना, १५ मा ३ जना, १६ मा २ जना र १७ मा २ रहेका छन् । बाँकी ८ जनाको वडा पहिचान गरिदैँछ ।

गैँडाकोटमा हालसम्म ८०५ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म १० जनाले ज्यान गुमाएका छन् ।



You might also like
Loading...