आज पनि बढ्यो सुनको मूल्य

53












नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९० हजारमा कारोबार भएकोमा आज तोलामा चार सयले बढेको हो । आइतबार पनि सुनको मूल्य तोलामा एक सयले बढेको थियो ।


महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ९०० रुपैयाँ रहेको छ

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर १३०० पुगेको महासंघले जनाएको छ ।



You might also like
Loading...