एम्बुलेन्स नपाउँदा समयमै अस्पताल पुर्याउन नसक्दा ट्याक्टरमा संक्रमितको मृत्यु

खगेन्द्र पराजुली,
२० बैशाख नवलपुर । देवचुलीका एक जना कोरोना संक्रमितको अस्पताल लैजादा लैजादै बाटोमै मृत्यु भएको छ ।
आज सोमवार देवचुली १३ दलदलेका ६८ बर्षीय पुरुषको मृत्यु भएको हो ।
उनको दुम्कौली स्थित कोभिड अस्पतालमा दिउँसो साढे दुईबजे मृत्यु भएको देवचुली नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।
त्यसैगरी नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा धादिङ घर भएकि ८३ वर्षीय महिलाको ज्यान गएको छ ।
भरतपुरको चितवन मेडिकल कलेजमा आईतबार कोभिड पुष्टि भएको र चितवनमा बेड नपाए पछि उनलाई थप उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याईएको थियो ।
विगत ५/७ दिन अघि देखि स्वास प्रश्वासमा समस्या आए पनि मृतक महिलामा दिर्घ रोग नभएको अस्पतालले बताएको छ ।