पश्चिम नवलपरासीमा पनि बुधबारदेखि निषेधाज्ञा
नवलपरासी । पश्चिम नवलपरासीमा कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दै गएपछि जिल्ला निषेधाज्ञा गर्ने तयारी थालिएको छ ।
पश्चिम नवलपरासीको ७ वटा स्थानीय तह मध्ये सदरमुकाममा नै उच्च जोखिम रहेकोले निषधेज्ञा गर्ने तयारी गरिएको हो।
कोभिडको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा नै विकल्प भएपछि निषेधाज्ञाको तयारीका लागि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले बैशाख २१ गते राति १२ बजेबाट लागुहुनेगरी बैशाख ३१ गतेसम्म निषेधाज्ञाको तयारी थालिएको हो।
आइतबार थपिएकासँगै जिल्लामा कोरोना संक्रमितको संङ्ख्या १९ सय १८ पुगेको छ । अब जिल्ला भित्र ४ सय २९ जना सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म पश्चिम नवलपरासीमा मात्रै ४७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।