एम्बुलेन्स नपाएर निधन हुनु दुखदः वाइसिएल

514












कृशला सापकोटा –
देवचुली । सोमबार पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा एक जना कोभिडका संक्रमित विरामीले एम्बुलेन्स नपाएर बेलैमा अस्पताल पुग्न नपाएर ज्यान गुमाउन परेको घटना प्रति वाइसिएलले दुख व्यक्त गरेको छ ।


वाइसिएल देवचुली नगरकमिटिद्वारा सोमबार जारी विज्ञप्तिमा देवचुली नगरपालिकाले कोरोना व्यवस्थापनका लागि कुनै पनि पूर्व तयारी नगर्नु र अक्सिजन नपाएर घण्टौंसम्म छटपटाउँदा पनि अक्सिजन र एम्बुलेन्स उपलब्ध गराउन नसक्नु नगरपालिकाको गैरजिम्मेवारी पूर्ण काम भएको आरोप लगाइएको छ ।

सोमबार देवचुली नगरपालिका १३ का ६८ बर्षीय संक्रमितलाई बेलैमा एमबुलेन्स नपाउँदा उपचारका लागि ट्याक्टरमा लैजानु परेको थियो भने उनको उपचार नपाई निधन भएको थियो ।

विज्ञप्तिमा मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै देवचुली नगरपालिकालाई तत्काल कोभिड व्यवस्थापनका लागि उचित कदम चाल्न आग्रह पनि गरिएको छ ।



You might also like
Loading...