गैडाकोटमा मोटरसाइकल दुर्घटनाः चालक गम्भीर घाइते


गैडाकोट (नवलपुर) । पूर्वी नवलपरासीको गैडाकोटमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।




ईलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट ६ शिवचोक नजिक ना ५८ प ६९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक गैडाकोट ५ निवासी २५ बर्षीय सरोज सापकोटा गम्भीर घाइते भएका हुन् ।

उनले मादकपदार्थ सेवन गरी सवारी चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।







सम्बन्धित
Loading...