खाद्यान्नमा मूल्यवृद्धि गरेको पाइए कडा कारबाहीको चेतावनी

93












चामल, दालजस्ता दैनिक उपभोग्य वस्तु तीन महिनाको लागि स्टक रहेको वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ।

वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्यवस्तुहरु पूर्ण रुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा स्टक रहेको बताए।


खाद्य पद्धार्थको उपलब्धता सहजरुपमा हुने भन्दै उनले उपभोक्तालाई आवश्यकताभन्दा बढी खरिद सञ्चय नगर्न आग्रह गरे।

दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक मूल्यवृद्धि भएको खण्डमा मूल्यवृद्धि गराउनेलाई कारबाही गरिने महानिर्देशक पौडेले बताए।

यता उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बजारमा आपुर्तिको समस्या नभए पनि केही दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविकरुपमा मुल्यवृद्धि भइरहेको बताए। विभागले बजार अनुगमन गरी कालोबजारी गर्नेलाई कडा कारबाही गर्नुपर्ने उनको भनाइ छ।

‘बजारमा दुई, तिन वस्तुहरुको अस्वभाविक मूल्यवृद्धि छ । वृद्धि हुनुपर्ने कारण केही पनि छैन। चिनीको मूल्यवृद्धि गरेर उपभोक्ता ठग्ने काम भएको छ।

बजारमा कृतिम अभाव सिर्जना गर्नेहरुले आपुर्तिमा असहजता छ भनेर हल्ला फिजाएर आफ्नो अभिष्ट पूरा गर्न लागे। मास्क, सेनिटाइजरमा कालोबजारी छ। त्यो नियन्त्रण सँगसँगै दैनिक उपभोग्य वस्तुको अनुगमनमा जानुपर्छ,’ उनले भने।



You might also like
Loading...