नवलपुरमा आजदेखि निषेधाज्ञा (फोटो फिचर)
नवलपुर । पूर्वी नवलपरासीमा बुधबारबाट निषेधाज्ञा शुरु भएको छ ।
नवलपुरमा संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले बुधबारबाट निषेधाज्ञा जारी गरेको हो ।
बैशाख २२ देखि जेठ ४ गतेसम्म अर्थात १५ दिनसम्म निषेधाज्ञा जारी गरेको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् ।
पहिलो दिन पानी समेत परेकोले सडक र बजार सुनसान देखिएको छ भने गाउँघर पनि सुनसान देखिएको छ ।
निषेधाज्ञाको उल्लंघन गर्नेलाई कारवाही गरिने समेत पंगेनीले बताइन् ।




