नवलपुरमा थप एक जनाको निधन, सक्रिय संक्रमित ४६५
नवलपुर । पूर्वी नवलपरासीमा कोरोना संक्रमणका कारण बुधबार एक जनाको निधन भएको छ ।
चितवनको चितवन मेडिकल कलेजमा उपचाररत गैडाकोट ११ का ५८ बर्षीय पुरुषको निधन भएको हो ।
गैडाकोट नगर प्रमुख छत्रराज पौडेलले उनको बुधबार विहान ६ बजेतिर चितवन मेडिकल कलेजमा निधन भएको जानकारी दिए ।
१९ गते स्वाब संकलन गरी २० गते पोजिटिभ रिपोर्ट आएका उनको दुई दिनमै निधन भएको हो । यो सहित नवलपुरमा मृतकको संख्या ५ पुगेको छ भने नवलपुरमा सक्रिय संक्रमितको संख्या ४६५ पुगेको छ ।