मालपोत कार्यालय कावासोती बन्द
कावासोती । नवलपुरमा जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि निषेधाज्ञा जारी गरेपनि कावासोतीमा रहेको मालपोत कार्यालय पनि बन्द हुने भएको छ ।
मालपोत कार्यालय कावासोतीले बुधबार विज्ञप्ति जारी गरी कार्यालय बन्द रहने जनाएको छ ।
जेठ ४ गतेसम्म नै मालपोत कार्यालय कावासोती बन्द हुने सूचनामा जानकारी गराइएको छ ।
