कावासोतीका ६३ बर्षीय संक्रमित पुरुषको निधन
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा ६३ बर्षीय संक्रमितत पुरुषको निधन भएको छ ।
होम आइसोलेशनमै रहेका नवलपुरको कावासोती नगरपालिका वडा नं ८ का ६३ वर्षीय पुरुषको कोरोना संक्रमणको कारणले ज्यान गएको हो ।
गत वैशाख २० गते मध्यविन्दु जिल्ला अस्पतालमा पिसिआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण देखिए पछि होम आईसोलेसनमा रहेको उनको वैशाख २२ गते राती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिएका छ्न ।
कोरोनाको नयाँ लहर आएपछि नवलपुरमा ६ जनाको निधन भएको छ ।