रकम पाउँदा पनि नगरले किनेन शववाहन, एम्बुलेन्समा शव ओसार्दा बिरामी मर्कामा


नवलपरासी । लुम्बिनी प्रदेश सरकारले शववाहनका लागि रकम पठाए पनि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले अहिलेसम्म शववाहन खरिद गरेको छैन ।



जिल्लामा एउटा पनि शववाहन नभएपछि जिल्ला सदरमुकाममा रहेको रामग्राम नगरपालिकालाई शववाहन खरिद गर्न प्रदेश सरकारले १५ लाख रुपैयाँ अनुदानमा रकम पठाएको थियो । कोरोना संक्रमणबाट जिल्लामा हरेक दिन मृतक र संक्रमितको संख्या बढ्दै गए पनि शववाहन खरिदमा चासो नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

वैशाख पहिलो सातादेखि बिहीबार दिउँसोसम्म जिल्लामा २५ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । अधिकांश शव पृथ्वीचन्द्र अस्पतालको एम्बुलेन्सले बोक्दै आएको छ ।




एम्बुलेन्सले शव ओसार्न थालेपछि कोरोना संक्रमित तथा अन्य बिरामी मर्कामा परेका छन् ।



सम्बन्धित
Loading...