कावासोतीबाट १ लाखबढी नगद सहित जुवाको खालबाट १० जना पक्राउ





कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका २ बाट नवलपुर प्रहरीले तास खेलिरहेको अवस्थामा १ लाख बढी नगद सहित १० जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार १ लाख ८ हजार ६ सय ७५ रुपैयाँ नेपाली रुपैयाँ र ५ सय ७० रुपैयाँ भारतीय रुपैयाँ सहित १० जनालाई पक्राउ गरेको हो ।




पक्राउ पर्नेमा रौतहट घर भई हाल कावासोती २ डेरा गरी बस्ने ४५ बर्षका सोनालाल जैसवाल, बाराको गढीमाई ४ निवासी ३५ बर्षीय अजय जैसवाल, रौतहटको ३४ बर्षीय श्याम जैसवाल, रौतहटको मोतिहारी निवासी ४३ बर्षीय भाग्य नारायण वैठा, २८ बर्षीय सुनिल जैसवाल, रौतहटकै राजपुरका ३७ बर्षीय विश्वनाथ जैसवाल, बाराको निजगढ ४ निवासी ३१ बर्षीय सुरेन्द्र जैसवाल, सोही ठाउँका ४६ बर्षीय विनयप्रसाद जैसवाल र रौतहटको विजयनगर निवासी ३० बर्षीय नरेश वैठा रहेका छन् ।

उनीहरुलाई जुवा ऐन अन्तरगत कारवाही अगाडि बढाइएको नवलपुर प्रहरीले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 




सम्बन्धित
Loading...