माछालाई करेन्ट लगाउदा करेन्ट लागेर मृत्यु


खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा कैलालीमा एक युवाको मृत्यु भएको छ ।



गौरीगंगा नगरपालिका ९ मसुरिया बस्ने २७ वर्षीय जंग बहादुर चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही नगरपालिका ११ चुट्की टिकापुरस्थित लिक्मा नदीमा विद्युतको तार जोडेर करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर जंग बहादुर गम्भीर घाइते भए पछि प्रहरीले उनलाई उपचारका लागि सौगात मेडिकल बडैपुरमा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।




उनीसँग माछा मार्न गएका अन्य ५ जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



सम्बन्धित
Loading...