हेटौडा चेकपोष्टमा ६ केजी सुन बरामद, भारतीय नागरिक पक्राउ
जिल्ला प्रहरी कार्यालय हेटौडाको प्रहरी टोलिले चेकजाँचको क्रममा हेटौडा उपमहानगरपालिका स्थित रातोमाटे चेकपोष्टमा विना विल विजक लुकाई छिपाई बसमा लैजादै गरेको ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन बरामद गरेको छ । 
भारत कर्नाटक राज्य Karopady Village Bantwal Taluk Kudpolthadka Post Karopady-dakshinakannada बस्ने अब्दुल मजिद अनेकल, 115/117 Taiba Chambers Chakla Shark, Devji Street, Mohammed Ali Road, Mubai MR स्थायी ठेगाना भएका रोशन पटेल भिनिने LUKHMANUL HAKEEM र यश इम्पोर्ट एण्ड एक्सपोर्ट कन्सर्न प्रा.लि.(स्थायी लेखा नं. ६०९६१८४४४) का सञ्चालक राजेश गुरुङ्ग पक्राउ परेका छन् ।
अब्दुल मजिद अनेकल, LUKHMANUL HAKEEM र राजेश गुरुङ्गको हकमा अक्षरुपी दुई अरब त्रिचालिस करोड छयासी लाख असी हजार तीन साय स्रोह रुपैया मात्र), यश इम्पोर्ट एण्ड एक्सपोर्ट कन्सर्न प्रा.लिका सञ्चालक राजेश गुरुङ्गको हकमा थप अक्षरुपी चार करोड तीस लाख उन्नासी हजार चार सय बत्तीस रुपैया मात्र राजस्व ठगी गरेको विभागले आरोप लगाएको छ ।
श्री भैरब स्टोर्सका प्रोप्राइटर सञ्जिव श्रेष्ठको हकमा अक्षरुपी चार करोड छपन्न लाख छ हजार आठ सय सत्ताईस रुपैया मात्र र का.म.न.पा.-२ बस्ने शंकर घिमिरेको हकमा अक्षरुपी चार लाख उनान्तिस हजार पाँच सय तेह्र रुपैया मात्र विगो कायम गरी उल्लिखित कसुर अपराधमा ऐ. ऐनको दफा २३ बमोजिम उक्त विगो रकम असुल गरी सो को शतप्रतिशत जरिवाना र कैद सजाय हुन माग दाबी लिई उच्च अदालत हेटौडामा मुद्दा दर्ता गरिएको छ।