बर्दघाटको चिसापानीमा अक्सिजन सहितको १० शैंयाको आइसोलशन सञ्चालन




पप्पु रेग्मी –
बर्दघाट २४ बैशाख । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका २ चिसापानीमा अक्सिजन सहितको १० बेडको आइसोलशन सञ्चालनमा आएको छ ।

चिसापानीमा निर्माण भएको कोभिड–१९ आईसोलेसन अस्पतालको भवनलाई शुक्रवार सरसफाई गरी आवश्यक सरसामानहरु सहित तयारी गरेको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख माधव ज्ञवालीले बताए ।




पछिल्लो समयमा बढ्दै गइरहेको कोरोना भाइरसको नयाँ भेरियन्टले गर्दा पश्चिम नवलपरासीमा पनि यसको प्रभावले उग्र रुप लिएकोले र स्थानीयको माग समेत भएकोले यस अस्पताललाई हाल १० बेडको अक्सिजन सहित सञ्चालन भएको छ ।

यस आईसोलेसन सेन्टरमा डाक्टर शान्ति के.सी. लगायत ५ जना विशेषज्ञ चिकित्सकको निगरानीमा अक्सिजन सहितको बेडमा बिरामीहरूलाई उपचार गरिने बताईएको छ ।

यस आइसोलेशन सेन्टरमा नगर भित्रका अक्सिजन लेभल कम भएका र स्वासप्रश्वासमा कठिनाई भएका कोभिड बिरामीलाई उपचार गरिने बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञवलीले जानकारी दिए ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख बस्यालले २०७७ साल असार ५ गते शिलन्यास गरेर निमार्णको कामशुरु गरेको कोभिड–१९ आईसोलेसन अस्पताल दुई महिनामा नै संचालन गर्ने बताईएको थियो ।

पहिलो चरणमा करिव ७५ लाख र दोस्रो चरणमा करिव २० लाखको लागतमा उपभोक्ता समिति मार्फत निमार्ण भएको उक्त आईसोलेसन अस्पताल भवन उपभोक्तालाई नदिईएर नगरपालिका आफैले ठेक्का मार्फत काम गरेको हो ।



सम्बन्धित
Loading...