गैंडा मारेको आरोपमा थप एकजना पक्राउ


चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा एकजना पक्राउ परेका छन् ।




निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा नारायणगढ निवासी कविराज श्रेष्ठ भन्ने रामकुमार रहेका छन् । उनलाई कालिका नगरपालिकाको बाँसघारी भन्ने ठाउँबाट वैशाख २३ गते पक्राउ गरिएको हो ।

उनी निकुञ्जमा मारिएका चार गैंडाको खाग तस्करीमा संलग्न भएको निकुञ्जको आरोप छ ।

निकुञ्जमा चालु आर्थिक वर्षमा मात्रै गैंडा मारेको अभियोगमा २४ जना पक्राउ परेका छन् । तीमध्ये ५ जना धरौटीमा रिहा भएका छन् भने १९ जना पुर्पक्षका लागि थुनामा छन् ।

चालु आर्थिक बर्षमा चार वटा गैंडा चोरी सिकारीले मारेका थिए ।







सम्बन्धित
Loading...