गैंडा मारेको आरोपमा थप एकजना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा नारायणगढ निवासी कविराज श्रेष्ठ भन्ने रामकुमार रहेका छन् । उनलाई कालिका नगरपालिकाको बाँसघारी भन्ने ठाउँबाट वैशाख २३ गते पक्राउ गरिएको हो ।