मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट, प्लाण्ट छ, पाइप लाइन छैन


रामकुमार श्रेष्ठ –



नवलपुर, २५ बैशाख । मध्यविन्दु जिल्ला अस्पतालमा अहिले २० जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । अस्पतालमा ६५ वटा सिलिण्डर छ ।




अक्सिजनको मात्रा अत्यधिक कमि भएको विरामीलाई अक्सिजन चलाउँदा एउटा अक्सिजन २ घण्टामै सकिने अवस्था पछि रहन्छ । त्यसैले ६५ वटा सिलिण्डर भए पनि अस्पतालले अब तत्काल बढीमा ३/४ जना विरामी थेग्न सक्ने अवस्था अस्पतालमा छ ।

यसको विकल्पको रुपमा आउने अक्सिजन प्लाण्ट मध्यविन्दु जिल्ला अस्पतालमा भए पनि सञ्चालनमा भने आउन सकेको छैन ।

पूर्वी नवलपरासीको जिल्ला अस्पताल मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट निर्माण भएको छ तर पाइपलाइन विछ्याउने काम नहुँदा प्लाण्ट सञ्चालनमा आउन सकेको छैन ।

प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लाण्ड निर्माण गरिएको हो र अहिले १९ लाखमा पाइपलाइन विछ्याउन ठेक्का पनि लागेको छ तर ठेकेदार कम्पनीलाई भ्याई नभ्याई भएकोले कम्पनी मध्यविन्दु जिल्ला अस्पतालसम्म आइपुग्न भ्याएको छैन ।

मध्यविन्दु जिल्ला अस्पतालका डा. विरबहादुर थापाले भने – पाइपलाइन विछ्याउन ठेक्का लागिसकेको छ तर सम्झौता गर्न आइपुगेको छैन । सम्झौता गर्ने अवधि अझै एक साता बाँकी छ ।

थापाको अनुसार उक्त टोलीले अहिले काठमाडौं हुँदै पोखरा क्षेत्रमा काम गरिरहेको छ । पोखराको काम सकेपछि आउने जनाइएको छ ।
थापाका अनुसार सम्झौता गरेर काम शुरु गरेको १५ दिनमा प्लाण्टको बाँकी काम पुरा हुने छ । प्लाण्ट तयार भए पछि प्लाण्टमा हुने ४४ वटा पोर्टबाट कम्तिमा ४४ बेडमा ४४ जनालाई अक्सिजन पुर्याउन सकिने छ ।

जिल्ला अस्पतालमा अक्शिजन प्लाण्ट भए पनि पाइप लाइन विछ्याउने काम पुरा नहुँदा अक्सिजन प्लाण्ट सञ्चालनमा ल्याउन सकेको छैन ।



सम्बन्धित
Loading...