नवलपुरमा थप एक जना संक्रमितको निधन, सक्रय संक्रमित ७ सय २४
कावासोती । चितवनको भरतपुर अस्पतालमा गैंडाकोटका कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
अस्पतालमा उपचारको क्रममा गैंडाकोट नगरपालिका–११ मुन्नाटोल बस्ने ९४ वर्षीया पुरुषको गएराति १ः४५ बजेको समयमा मृत्यु भएको स्वास्थ्य कार्यालय नलपुरका प्रमुख केशव चापागाईले बताए ।
उनलाई भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । उनलाई वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो ।
दोस्रो लहर शुरु भए पछि नवलपुरमा पछिल्लो समय सम्म ११ जनाको निधन भएको छ ।
त्यसैगरी दोस्रो लहर शुरु भए यता नवलपुरमा ८ सय २ जना संक्रमित भएका छन् भने नवलपुरमा अहिले भने ७ सय २४ जना सक्रिय संक्रमित रहेका छन् ।