भारतमा २४ घण्टामा ४ लाख संक्रमित, ५४ सयको मृत्यु


भारतमा बिगत २४ घण्टामा कोरोना संक्रमितको संख्या ४ लाख नाघेको छ ।



पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ३ सय बढीमा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतको महाराष्ट्रमा एकै दिन ८ सय ९८ बढी संक्रमित हुँदा ५ हजार ४ सय २२ को मृत्यु भएको छ ।




स्वास्थ्य मन्त्रालयका अनुसार भारतको नयाँ दिल्लीमा अक्सिजन अभावका कारण आज बिहान मात्रै १४ जनाको मृत्यु भएको छ ।

विाश्वमै कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड १८ लाख नाघेको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड १८ लाख ८६ हजार ६ सय बढी भएको छ ।

भारतमा दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदरसमेत बढिरहेको छ ।

पछिल्लो विवरण अनुसार भारतमा मृतकको संख्या २ लाख ३८ हजार २ सय नाघेको छ ।



सम्बन्धित
Loading...