माधव-झलनाथ समूहको आज बैठक बस्दै,राजीनामाबारे छलफल गर्न


नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका आज बैठक बस्ने भएको छ ।



आजको बैठकमा झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल गर्न बैठक बोलाइएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले बताए ।

हिजो शनिबार साँझ बसेको सांसदहरुको बैठकले २ गते जेठ २०७५ मा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियो ।




अदालतको फैसलाअनुसार एमाले पार्टी संरचना, विधान र नेतृत्व मान्न ओली तयार नभए सामुहिक राजीनामा गर्न सांसदहरु तयार भएका छन् । यसबारे आज थप छलफल गर्न स्थायी कमिटी सदस्यहरुको बैठक बस्दै छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्ति भोलि संसद्को अधिवेशन बोलाइएको छ । त्यस अगाडि नै ओली २८ फागुन यताको निर्णय रद्ध गर्न तयार नभए नेपाल समूहका सांसदहरुले राजीनामा गर्ने तयारी भएको छ ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिएको अनुसार ‘हामी आज बैठक बस्दै छौं, भर्चुअल माध्यमबाट भए पनि बस्छौं र कसरी अगाडि बढ्ने भनेर छलफल गर्छौं ।



सम्बन्धित
Loading...