बढ्याे आज सुनको मूल्य


आज सुनको मूल्य १ सयले बढेर ९१ हजार ८ सय रूपैयाँ पुगेको छ ।शुक्रबार सुन प्रतितोला ९१ हजार ७ सयमा कारोबार भएको थियो ।



सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रूपैयाँ थियो । आज तोलामा १ सयले बढेको हो ।

आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ८ सय पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य १ हजार ३ सय ४५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।



सम्बन्धित
Loading...