भरतपुर अस्पतालको स्वाव दिने ठाउँमै भीडभाड, संक्रमण फैलने डर


कोरोना भाइरसको दोस्रो लहर फैलिदो क्रममा रहेसँगै कोरोना भाइरसको सक्रमण रहे नरहेको परीक्षण गराउनेहरु बढिरहेका छन् । भरतपुर अस्पतालले नयाँ बनेको कुरुवा घर भवनमा ज्वरो क्लिनिक संचालन गरेकोछ ।




त्यहाँबाट स्वाव संकलनको काम गर्ने अस्पतालले सेवाग्राहीको भीडलाइ व्यस्थित नगर्दा संक्रमण थप फैलने खतरा बढेको हो । अस्पतालबाटै संक्रमण फैलने डर तिव्र भयो भन्दै आशंकाको भरमा स्वाव दिन गएकाहरुले गुनासो गरेका छन् । स्वाव दिन जाँदैमा संक्रमित नभएको भन्दै उनीहरुले यहीको भीडले संक्रमण फैलन्छ की भन्ने डर भएको बताएका हुन् ।

शंका लागेकै भरमा अस्पताल जानेहरु र लक्षण सहित परीक्षण गराउनेहरुवीच भौतिक दुरी कायम गराउन अस्पतालले सकेको छैन । यसले संक्रमण जोखिम थप बढाएको स्वाव दिन गएका स्थानीयहरुले बताएका छन् । निश्चित दुरी कायम गराउन अस्पतालले चासो नदिएको भन्दै यसतर्फ समयमै सम्वन्धीत निकायले ध्यान पुर्याउन आवश्यक रहेको उनीहरुको भनाई छ।




त्यहाँ गएकाहरु मास्कको भरमा कोरोनाबाट जोगिनुपर्ने अवस्था रहेको स्थानीयले गुनासो गरे । अस्पतालले इमरजेन्सीमा भर्ना भएका विरामी देखि ज्यष्ठ नागरिकहरुलाइ पनि जहाँ वेड छ त्यहीबाट स्वाव लिने सुविधा नदिएकाले थप समस्या भएको भन्दै स्वाव संकलन सहज गरिदिन विरामीका आफन्त पवन कार्कीले माग गरेका छन् । केन्द्र मातहतको भरतपुर अस्पतालमा पछिल्लो समय कोरोना संक्रमितका विरामी थपिदो क्रममा छन् भने ओपीडी सेवा वन्द छ । विरामीहरुलाई इमरजेन्सी मार्फत सेवा दिने गरिएको छ ।

अस्पतालका प्रवक्ता डा युवानिधि बसौलाले आइतवार बढि सेवाग्राही आउँदा समस्या हुने गरेको भन्दै नागरिक स्वयम सचेत हुनुपर्नेमा जोड दिनुभयो । अस्पतालले भर्ना भएका विरामीलाई वेडमै गएर स्वाव लिने व्यवस्था गरेको उहाँको भनाई थियो । तर विरामीका आफन्त भने ज्वरो क्लिनिकमै जानुपरेको वाध्यता सुनाएका थिए ।

भौतिक दूरी कायम गराउन पहल गरिरहेको र यो पटक सवै विवरण कम्प्युटरमा अभिलेख राख्नुपर्ने कारण ढिला हुँदा भीड देखिएको डा बसौलाको भनाई छ । कोभिड १९ को दोस्रो लहर बढेसँगै ज्वरो क्लिनिकबाटै स्वास्थ्य जाँच, स्वाव संकलनको सेवा एकै भवनका दिइरहेको बताउँदै अहिले दैनिक २ सयको हाराहारीमा स्वाव दिनेहरु आउने गरेको डा बसौलाले बताउनुभयो ।




सम्बन्धित
Loading...