पिठौलीका विद्यालय सञ्चालक आफै बिरामी बोक्दै
नवलपरासीपूर्व कावासोती १२ पिठौलीका एक निजी विद्यालयका सञ्चालक विद्यालयको गाडी लिएरै सर्वसाधारणको सेवामा खटिएका छन् ।
उनले विद्यार्थी बोक्न प्रयोग गर्ने गाडी बिरामी ओसारपसारमा प्रयोग गरेका हुन् ।
गाउँमा लकडाउनका कारण अन्य रोगका बिरामीलाई अस्पताल पुग्न समस्या भएको तथा कोरोना संक्रमितको संख्या बढदै जांदा संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्सको अभाव भएकाले विद्यालयको गाडी प्रयोग गर्न थालेको विद्यालयका प्रध्यानाध्यापक तिलक सापकोटाले बताए ।
संक्रमितलाई अन्य सवारी साधनले अस्पताल वा आइसोलेशनमा पु¥याउन आनाकानी गर्ने तथा महंगो शुल्क असुल्ने गरेको सुनेको बताउँदै पिठौलीका स्थानीयलाई सहजता प्रदान गर्न आफैं गाडी हाँक्न सुरु गरेको उनको भनाई छ ।

