भारतमा कोरोना संक्रमणदर घटदो





भारतमा पछिल्लो २४ घण्टामा साढे ३ लाख भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ।

ओल्डोमिटरको तथ्यांकअनुसार यो अवधिमा ३ लाख ६६ हजारभन्दा धेरै संक्रमित थपिँदा ३ हजार ७ सय ४८ जनाको मृत्यु भएको छ। पछिल्लो पटक भारतमा संक्रमणदर केही घटेको छ। हरेक दिन चार लाख भन्दा धेरै संक्रमित भेटिएकामा हिजो भने झण्डै ४० हजारले कमि आएको छ।




पछिल्लो पटक थपिएकासँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड २६ लाख ६२ हजार पुगेको छ। मृतकको संख्या २ लाख ४६ हजार १ सय ४६ पुगेको छ।




सम्बन्धित
Loading...