पितौजी नगर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग


नवलपुर । मुकुन्दपुर वेलफेयर सोसाइटीले नवलपरासी (सुस्ता पूर्व) गैँडाकोट नगरपालिका–११ पितौजीस्थित नगर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।




एक हजार थान सर्जिकल माक्स, ८० थान फेससिल्ड, १० लिटर सेनिटाइजर सहयोग गरिएको सोसाइटीका संस्थापक धिरज शर्माले जानकारी दिए । सोसाइटीका मोहन अर्याल, सामाजिक अभियन्ता प्रकाश न्यौपानेको उपस्थितिमा सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

सो सामग्री नगर अस्पताल प्रमुख इन्द्रराज शर्मा र वडाध्यक्ष गोविन्द प्रसाद सुवेदीलाई हस्तान्तरण गरिएको थियो ।







सम्बन्धित
Loading...