कोभिड नेपालः एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय

राष्ट्रिय परीक्षा बोर्डले कोभिड-१९ महामारीबीच एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका प्रमुखले बताएका छन्।
अर्को सूचना नआउन्जेल परीक्षाहरू स्थगित गर्ने निर्णय गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने।
गत वर्ष पनि कोरोनाभाइरस महामारीका कारण एसईई परीक्षा स्थगित गरी विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीलाई कक्षा ११ मा अध्ययन गर्न दिइएको थियो।