नवलपुरमा निषेधाज्ञा उल्लघंन गर्नेलाई कारवाहीः दिनभर होल्डिङ्ग
नवलपुर । पूर्वी नवलपरासीमा निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रहरीले कारवाही गरेको छ ।
निषेधाज्ञा उल्लंघन गर्नेलाई नियन्त्रणमा लिएर दिन भर होल्डिङ्गमा राख्ने र साँझ ७ बजे मात्र छाड्ने गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।
निषेधाज्ञा उल्लघंन गर्नेमा सबैभन्दा बढी मोटरसाइकलमा सवार गर्ने रहेको पाइएको छ । प्रहरीले पछिल्लो ३ दिनमा गरेको कारवाहीमा दैनिक १ सय बढी मोटरसाइकल नियन्त्रणमा लिएको छ । त्यसैगरी ४ वटा कार र जिपलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी दैनिक १ हजार बढी पैदल यात्रु घरबाट बाहिर सडकमा निस्केको पाइएकोले उनीहरुलाई सम्झाइ बुझाइ घर पठाइएको प्रहरीले जनाएको छ ।
नवलपुर प्रहरीले जिल्लाका प्रहरी पोष्टदेखि, इलाका प्रहरी कार्यालय, मोबाइल गस्ती सम्मले ठाउँठाउँमा चेक गर्ने गरेको छ ।
नवलुरमा संक्रमण बढ्दै गएपछि जेठ ४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
