भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च


एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार २०५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।



कोरोनाका कारण मृत्यु हुनेको यो संख्या हालसम्मकै उच्च हो । मंगलबार मात्र ४ हजार १८७ जनाको मृत्यु भएको थियो ।

यस्तै थप तीन लाख ४८ हजार ४२१ जनामा संक्रमण देखिएको छ । तीन लाख ५५ हजार ३३८ जना संक्रमणमुक्त भएको छ ।




सक्रिय संक्रमितको संख्या ३७ लाख चार हजार ९९ रहेको छ । यता भारतमा हालसम्म १७ करोड ५२ लाख ३५ हजार ९९१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।



सम्बन्धित
Loading...