जनमोर्चाले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटायो
पोखरा । जनमोर्चा नेपालले कृष्ण थापालाई गण्डकी प्रदेश सभा संसदीय दलको नेताबाट हटाएको छ ।
थापाले दलको निर्देशन विपरीत काम गरेकाले दलको नेताबाट हटाइएको महासचिव मनोज भट्टले बताए ।
यो बारेको पत्र सचेतक पियारी थापामार्फत संसद सचिवालयमा दर्ता भइसकेको छ । उनलाई अब सांसद पदबाट हटाउने बारेमा पनि तयारी भइरहेको पार्टीले जनाएको छ ।
