“खेम शर्मा काफ्ले स्मृति प्रतिष्ठान” द्वारा देवचुली नगरपालिकालाई अक्सिजन सहित स्वास्थ्य सामाग्रि प्रदान




नवलपुर । एम्बुलेन्स नपाएर टेक्टरमा अस्पताल जाँदै गर्दा जान गुमाउनु परेको देवचुली नगरपालिकाका खेम काफ्लेको स्मृतिमा बनेको खेम शर्मा काफ्ले स्मृति प्रतिष्ठानले देवचुली नगरपालिकालाई सामग्री सहयोग गरेको छ ।

बसन्त पोख्रेलको संयोजनमा  जिल्लाको देवचुली नगरपालिकाका युवाहरुले खेम शर्मा काफ्ले स्मृती प्रतिष्ठान नै संचालन गरी कोभिडका र स्वास्थ्यका लागि आवश्यक पर्ने सामग्रीहरु नगरपालिकालाई प्रदान गर्ने अभियानका साथ लागेका हुन ।




पोख्रेलको संयोजनमा संस्थापना भएको उक्त खेम शर्मा काफ्ले स्मृती प्रतिष्ठानले “अक्सिजन बैंक” समेत स्थापना गरेको छ । यो संगै युवाहरुले आर्थिक सहयोग संकलन गरी देवचुली नगरपालिकाको स्वास्थ्य शाखालाई बुधवार स्वास्थ्य सामग्री सहित हाललाई दशवटा अक्सिजन ग्यास सिलिण्डर हस्तान्तरण गरेको छ ।

खेम शर्मा काफ्ले स्मृती प्रतिष्ठानका संयोजक बसन्त पोख्रेलले दिएको जानकारी अनुसार ग्यारेज तथा वर्कशपमा रहेका खाली सिलिण्डरलाई अक्सिजन भरेर नगरपालिकालाई हस्तान्तरण गरेको देवचुली नगरपालिकाका प्रशासकीय अधिकृत जीवलाल श्रेष्ठले बताए ।

अक्सिजन ग्यास संगै १० वटा वेडलाई आवस्यक पर्ने अक्सीजनका लागि आवस्यक पर्ने सामग्री, माक्स र अन्य स्वास्थ्य सामाग्रिहरु नगरपालिकालाई हस्तान्तरण गरेको बताए ।

बुधवार नगरपालिकाको परिसरमा आयोजना गरिएको अक्सिजन प्रदान कार्यक्रममा नगरका प्रमुख पुर्णकुमार श्रेष्ठले युवाहरुले संचालन गरेको यो अभियान वर्तमान अवस्थामा अति आवश्यक र महत्वपुर्ण रहेको भन्दै यो अभियान निरन्तर संञ्चालन हुनुपर्नेमा जोड दिए ।

स्वास्थ्य सामग्री हस्तान्तरणका कार्यक्रममा नगरपालिकाका उपप्रमुख पार्वता तिवारी, नगरपालिकाका प्रवक्ता क्यप्टेन डिलबहादुर खत्री, कार्यकारी अधिकृत गोविन्द सिग्देल, स्वास्थ्य शाखाका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

 



सम्बन्धित
Loading...