सुनवलमा पुल निर्माणका लागि खनिएको खाल्डोमा मोटरसाईकल खस्यो, एकको मृत्यु




बैशाख २९ । पश्चिम नवलपरासीको सुनवलमा बुधबार बिहान भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् ।

सुनवल–७ ज्यामिरेमा नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले पुल निर्माणका लागि खनेको खाल्डोमा पश्चिम तर्फ जादै गरेको बा ९६ प ४५८६ नम्बरको मोटरसाईकल खस्दा सर्खुेत पंञ्चपुरी ६ का २० वर्षिय नरेश बुढाको मृत्यु भएको हो ।




दुर्घटनामा मोटरसाईकलका चालक पंञ्चपुरी ५ का २५ वर्षीय रोहन रावल घाईते भएका छन् । उनको बुटवलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । शव पृथ्वी चन्द्र अस्पताल परासीमा राखिएको छ ।



सम्बन्धित
Loading...