कोभिडसँग जुध्न नवलपुरका निजि संघसस्था थाले सहयोग अभियान

659












 

कावासोती । कोरोनाको दोस्रो लहरको माहामारीसँग जुध्न नवलपुरका निजि क्षेत्रका संघसस्थाहरुले सहयोग अभियान शुरु गरेका छन् ।


कावासोती यहाँका संघसंस्था तथा व्यक्तिहरुसँग सहयोग जुटाएर कोभिड अर्थात विपद् व्यवस्थापनमा सहयोगी भूमिका खेल्न विपद् व्यवस्थापन सहयोगी समिति समेत निर्माण गरेको छ ।

नवलपुरका विभिन्न संघ संस्थामा आवद्ध भएका व्यक्तिहरुको सहभागितामा समिति गठन गरिएको छ ।

कावासोतीमा बिहिबार बसेको बैठकले शिव गिरीको अध्यक्षतामा विपद् व्यवस्थापन सहयोगी समिति नवलपुर गठन गरेको हो । कोभिड १९ र यसबाट उत्पन्न भएका जटिल समस्याहरु अक्सिजनको अभाव, रगतको अभाव लगायत विविध समस्याहरुलाई समाधान गर्ने उद्देश्यले समिति गठन गरिएको समितिका अध्यक्ष शिव गिरीले बताए ।

नवगठित समितिको सचिवमा आनन्द श्रेष्ठ, कोषाध्यक्षमा नारायण न्यौपाने, सदस्यहरुमा वेद प्रसाद न्यौपाने, भोजराज दाहाल, भिमलाल अधिकारी, बाबुराम कंडेल, अमृतमाया भुषाल, जगतप्रसाद भट्टराई, चन्द्रबहादुर रानाभाट लगायत रहेका छन् ।
विपद् व्यवस्थापन सहयोगी समितिले तत्काल जिल्लामा देखिएको अक्सिजनको अभावलाई समाधानका लागि लागिपर्ने समितिका अध्यक्ष शिव गिरीले बताए ।

उनका अनुसार जिल्ला भरिबाट अक्सिजन सिलिण्डर संकलनको काम सुरु गरिनेछ । व्यक्तिगत रुपमा घरमा रहेका, व्यवसायमा प्रयोग भएका अक्सिजन सिलिण्डर संकलन गरि जिल्लाका अस्पतालमा उपचाररत अक्सिजनको आवश्यक पर्ने कोभिड संक्रमितलाई पुर्याईने अध्यक्ष गिरीले बताए । उद्योगहरुमा सम्पर्क गरि आवश्यक सिलिण्डरहरुको व्यस्थापनकालागि समेत पहल गरिने उनले बताए । यस्तै कोभिडका कारण नवलपुरमा रगतको अभाव भएकाले रक्तदाताहरुको नाम संकलन गरि तयारी अवस्थामा राख्ने र कसैलाई रगत आवश्यक परे तत्काल उपलब्ध गरिने समेत उनले बताए ।
समितिले अक्सिजन र रगतको व्यवस्थापनकालागि काम सुरु गरिसकेको समेत अध्यक्ष गिरीले बताए ।
समितिलाई हालसम्म प्याव्सन नवलपुरबाट ५० हजार, रोटरी क्लब अफ नवलपुरबाट ३० हजार, सिद्धार्थ आवासीय माविबाट १० हजार, नवलपुर बोर्डिङ्ग चोरमाराबाट १० हजार, गण्डकी आवासीय मावि कावासोतीबाट १० हजार, निम्स कावासोतीबाट ५ हजार र शिवालय टोल विकास संस्था कावासोतीबाट ५ हजार रकम सहयोग संकलन भएको कोषाध्यक्ष नारायण न्यौपानेले बताए ।
यसैगरी चन्द्रबहादुर रानाभाट, लक्ष्मीकान्त रिमाल, हरि केसी, भोजराज दाहालबाट एक/एक थान अक्सिजन सिलिण्डर प्राप्त भएको छ ।



You might also like
Loading...