राष्ट्रपति विद्या भण्डारीद्वारा केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त, शुक्रवार शपथ





काठमाडौं, वैशाख ३० । राष्ट्रपति विद्या भण्डारीले नेपालको प्रधानमन्त्री पदमा केपी ओलीलाई नियुक्त गरेकी छिन्।

राष्ट्रपति भण्डारीले एमाले संसदीय दलका नेता ओलीलाई प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।




त्यसअघि, संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न समय दिइएकामा निर्धारित समय बिहीबार राति ९ बजेसम्म कसैले पनि त्यस्तो दावी पेश गर्न नसकेको राष्ट्रपति कार्यालयले जनाएको थियो ।

त्यसलगत्तै राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसदमा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

त्यसअघि, ओली वैशाख २७ गते प्रतिनिधि सभामा भएको मतदानमा सदनको विश्वास लिन नसकी आवश्यक बहुमत जुटाउन नसक्दा पदमुक्त भएका थिए।

सबै विपक्षी दलहरु ओलीलाई फेरि प्रधानमन्त्रीमा नियुक्त हुन नदिन जुटेपनि अन्तिम समयमा ओलीले जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई तटस्थ राख्दै विपक्षी कित्तामा बहुमत पुग्न दिएनन् ।

त्यसैगरी, आफैले पार्टीबाट निलम्बन गरेका माधव नेपालहितका चार नेतालाई कार्वाही फुकुवा गर्दै सर्वोच्च अदालतको आदेशबमोजिम पार्टी सञ्चालन गर्ने सहमति जनाएर थामथुम पारेका थिए ।




सम्बन्धित
Loading...