आज गण्डकीमा सार्वजनिक बिदा
गण्डकी प्रदेश सरकारले ईदुल्लफितरका दिन वैशाख ३१ गते सार्वजनिक विदा दिएको छ । गण्डकी प्रदेश मन्त्रिपरिषदको २०७७ चैत १७ गतेको निर्णय अनुसार उक्त दिन विदाको निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव हिमालचन्द्र अर्यालले जानकारी दिनुभयाोय । उक्त निर्णय प्रदेशको राजपत्रमा प्रकाशित गरिएको छ ।
गण्डकी सरकारले २०७८ सालमा ५ दिन चाडपर्व विदाको निर्णय गरेको छ । चैते दसैंसँगै इद, पुस १५ गते तमु लोसार, माघ १९ गते सोनाम लोसार र फागुन १९ गते ग्याब्लो लोसारमा पनि विदाको निर्णय भएको छ ।
https://www.youtube.com/watch?v=yNK7TFl87qI
