नवलपुरमा थप एक जना संक्रमितको निधन
नवलपुर । पूर्वी नवलपरासीमा थप एक जना संक्रमितको निधन भएको छ ।
भरतपुर अस्पतालमा उपचारको क्रममा गएराति ९ बजे कावासोती नगरपालिका ८ निवासी ७१ बर्षीय पुरुषको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
दोस्रो लहर शुरु भएसँगै नवलपुरमा यो सहित ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।
बैशाख २८ गते भरतपुर अस्पतालमा स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएका उनको ३० गते भरतपुर अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।
उनलाई निमोनिया सम्बन्धि समस्या देखिए पछि स्वाब परीक्षण गरिएको थियो ।
https://www.youtube.com/watch?v=yNK7TFl87qI