मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन अभाव, विरामीलाई अक्सिजन पुर्याउनै धौ धौ





नवलपरासी, ३१ बैशाख । कावासोतीमा रहेको जिल्ला अस्पतालमा अक्सिजन हाहाकार भएको छ ।

विरगञ्जबाट प्रशासनले नवलपुरमा अक्सिजन पठाउन रोक लगाए पछि मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन अभाव हुन थालेको हो ।




‘जिल्ला अस्पतालमा अक्सिजन लगाएर उपचाररत २७ जना कोरोना संक्रमित रहेका छन् । उनीहरुलाई अहिले दैनिक ३० बढी अक्सिजन सिलिण्डर आवश्यक पर्ने गर्दछ ।’ – मध्यविन्दु जिल्ला अस्पतालका डा. विरबहादुर थापाले भने – ‘अहिले तत्कालको अवस्था हेर्ने हो भने ११ थान अक्सिजन सिलिण्डर मात्र बाँकी छ ।’

असिक्जन हाइ फलोमा दिन पर्ने एक जना बिरामीकै लागि दैनिक १० सिलिण्डरसम्म अक्सिजन आवश्यक पर्ने गरेको उनले बताए ।

अहिले अनेत्र जिल्लाबाट अक्सिजन आउन छाडे पछि नवलपुरको गैडाकोटमा रहेको सिद्धिविनायक अक्सिजन उद्योग र दलदलेमा रहेको शंकर डिपोको भरमा मात्र नवलपुरमा अक्सिजन आपूर्ति भएको छ ।

गैडाकोट नगरपालिकामा रहेको सिद्धि बिनायक अक्सिजन उद्योगका प्रबन्धक हिमनाथ घिमिरेले आफुहरुकै पुरानो मेडिकल कजेजलाई पहिलो प्रथामिकतामा राखेर अक्सिजन आपूर्ति गर्ने सहमतिमा उद्योग खोलेका कारण पहिलो प्रथामिकता उक्त अस्पताल भएको बताए ।
तथापि दैनिक ५ देखि १० थान अक्सिजन सिलिण्डर भरेर भने पठाउने गरेको छ ।
प्रमुख जिल्ला अधिकारी मनमाया पंज्ञेनीले अक्सिजन उपलब्ध गराउन आफुले सबै तिर समन्वय गरिहेको जानकारी दिइन ।

अझै एक हप्ता अक्सिजन अभाव हुने

नवलपुरमा अझै एक साता अक्सिजन अभाव हुने देखिएको छ ।
नवलपुरको गैडाकोटमा रहेको सिद्धिविनायक अक्सिजन उद्योगले पुरानो मेडिकल कजेजलाई अक्सिजन दिनु पर्ने भएकोले उसले निक्कै कम मात्रामा नवलपुरमा अक्सिजन विक्री गर्ने गरेको छ ।
त्यसका अलवा अक्सिजनको डिलर नवलपुरका दलदलेमा रहेको शंकर डिपोले पनि मध्यविन्दु जिल्ला अस्पताललाई दैनिक १०÷१५ को हाराहारीमा अक्सिजन सिलिण्डर भरेर पठाउने गरेको छ ।
त्यसका अलवा नवलपुरमा बाहिर जिल्लाबाट अक्सिजन आपूर्ति गर्ने हो । चितवनले यस अघि नै चितवन बाहेक अनेत्र अक्सिजन आपूर्तिमा रोक लगाइ सकेको छ भने नवलपुरमा अक्सिजन आउने जिल्ला विरगञ्जबाट पनि आपूर्ति रोकिएको छ ।
स्वास्थ्य कार्यालय नवलपुकरा प्रमुख केशव चापागाईले भने – नवलपुरमा अझै एक साता अक्सिजन अभाव हुने देखिएको छ । शंकर डिपाले अक्सिजन प्लाण्ड साता दिन भित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसपछि आपूर्ति सहज हुने छ ।

जिल्ला अस्पतालको अक्सिजन प्लाण्ट अझै सञ्चालनमा आएन

नवलपुर जिल्लाको मध्यविन्दु जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लाण्ट अझै सञ्चालनमा आउन सकेको छैन ।
दैनिक १५ देखि २० जनासम्मलाई अक्सिजन दिन मिल्ने उक्त अक्सिजन प्लाण्टको अहिले पाइपलाइन जडान कार्य चलिरहेको छ ।
अस्पतालका डा. विरबहादुर थापाका अनुसार अस्पतालमा अब ३÷४ दिनमा प्लाण्ड निर्माण कार्य सकिने छ र सञ्चालनमा आउने छ ।
यो प्लाण्ड निर्माण भए पछि अहिलेकै अवस्थामा रहेको विरामीलाई थेक्ग सजह हुने थापाले बताए ।
एक्कासी अक्सिजन दिनु पर्ने संक्रमित विरामीहरुको चाप बढेको खण्डमा भने धान्न नसक्ने अवस्था पुन सिर्जना हुने उनले बताए ।

 




सम्बन्धित
Loading...