२४ घण्टामा कावासोतीमा २ जना संक्रमितको निधन
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा पछिल्लो २४ घण्टामा दुई जना संक्रमितको निधन भएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार कावासोती ३ का ४३ बर्षीया महिला र कावासोती ८ का ७१ बर्षीय पुरुषको निधन भएको छ ।
कावासोती ३ निवासी ४३ बर्षीया महिलाको नयाँ मेडिकल कलेज भरतपुरमा आज दिउँसो साढे २ बजेको समयमा निधन भएको हो ।
त्यसैगरी कावासोती ८ निवासी ७१ बर्षीय पुरुषको बैशाख २८ गते भरतपुर अस्पतालमा स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएका उनको ३० गते भरतपुर अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।
उनलाई निमोनिया सम्बन्धि समस्या देखिए पछि स्वाब परीक्षण गरिएको थियो ।
दोस्रो लहर शुरु भएसँगै नवलपुरमा यो सहित ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।