नवलपुको मध्यविन्दुमा एक जना संक्रमितको निधन




चोरमारा (नवलपुर) । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ५ की ७० बर्षीय महिलाको कोरोना संक्रमणको कारण निधन भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार गएराति चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा निधन भएको हो ।




कोरोना पुष्टि भए पछि चितवनको सिएमसीमा भेन्टिलेटरमा उपचाररत ति महिलालाई सिएमसीले रिफर गरिदिए पछि चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा आएका थिए ।

यो सहित नवलपुरमा दोस्रो लहर शुरु भए यता ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।



सम्बन्धित
Loading...