रामग्रामका मेयरले दिए आफू चढ्ने गाडी विरामी बोक्न





राज चौधरी –
परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालीकाका प्रमुख नरेन्द्र कुमार गुप्तालाई चढ्दै आएको लु १ झ ४७३ नम्बरको स्कारपियो गाडीले कोभिड १९ संक्रमीत बिरामी वोक्न थालेको छ ।

कोभिड १९ को असहज परिस्थितीलाई मध्यनगर गर्दै आफुले चढ्ने गाडी कोभिड संक्रमीतको उपचारमा सघाउ पु¥याउने उद्देश्यले एम्बुलेन्स सेवाको रुपमा सञ्चालन गरिएको नगरप्रमुख गुप्ताले जानकारी दिए ।




यसैगरीे कोभिड १९ संक्रमती भई होम आईसोलेसनमा बसेका संक्रमीतहरुको घर घरमा पुगेर औषधी वितरण गर्ने बिरामीहरुलाई स्वास्थ्यकर्मीहरु मार्फत घरमै गई परामर्श दिने काम गर्दै आईरहेको छ ।

नगरपालिकाले यस अगाबै रामग्राम नगरपालीका वडा न–४ जितपुर स्थित पाल्ही बहुमुखी क्यापसको भवनमा अख्सिजन सहितको २० शैयाको आईसोलेसन सेन्टर सञ्चालनमा ल्याएपछि कोभिड बिरामीले सेवा लिदै आएका छन् ।

यसैगरी जिल्लाको सुनवल नगरपालीकाले १० बेडको आईसीयु सेवा सहितको सञ्चालन आईसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । यसैगरी बर्दघाट नगरपालीकाले २० शैयाको एसडियु केन्द्र संन्चालनको अन्तिम तयारीमा छ ।




सम्बन्धित
Loading...