नवलपुरमा आज ८१ जना संक्रमण मुक्त, १२० नयाँ थपिए
नवलपुर । पूर्वी नवलपरासीमा शनिबार ८१ जना संक्रमण मुक्त भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार शनिबार मात्र ८१ जना संक्रमितहरु कोभिड १९ लाई जितेका छन् । यो सहित नवलपुरमा दोस्रो लहरको संक्रमण शुरु भए यता ४ सय जना निको भएका छन् ।
त्यसैगरी शनिबार नवलपुरमा १ सय २० जना नयाँ संक्रमित थपिएका छन् ।
शनिबार गैडाकोटमा २४, देवचुलीमा १३, कावासोतीमा ५९ र मध्यविन्दुमा ११ जना थपिएका छन् । त्यसैगरी विनयी त्रिवेणीमा ४, हुप्सेकोटमा ७ जना नयाँ संक्रमित थपिएका छन् ।
शनिबार नवलपुरमा २ जना थप संक्रमितको निधन भएको छ । यो सहित दोस्रो लहर शुरु भए यता ज्यान गुमाउनेको संख्या २० पुगेको छ भने नवलुरमा सक्रिय संक्रमितको संख्या १ हजार १ सय २३ पुगेको छ ।
बैशाख १ गते यता नवलपुरको कोरोना ग्राफ
पिसिआर परीक्षण संख्याः २३६९ ्
संक्रमित संख्याः १५४३
निको भएकोः ४००
मृत्युः २०
सक्रिय संक्रमितः ११२३