पश्चिम नवलपरासीमा शनिबार ३ जनाको निधन, ५० नयाँ संक्रमित थपिए
परासी । पश्चिम नवलपरासीमा शनिबार कोभिडका कारण ३ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका अनुसार यो सहित पश्चिम नवलपरासीमा दोस्रो लहर शुरु भए यता ५९ जनाको निधन भएको छ ।
त्यसैगरी परासीमा शनिबार ५० जना संक्रमित थपिएका छन् । यो सहित पश्चिम नवलपरासीमा सक्रिय संक्रमितको संख्या १२६२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
यसअघि शुक्रबार देशभर ८५२० जनामा संक्रमण पुष्टि भएको थियो भने २०३ जनाको मृत्यु भएको थियो ।