निषेधाज्ञाका कारण लाखौं रुपियाँको केरा कुहेर नष्ट
गोपी ज्ञवाली –

परासी । निषेधाज्ञका कारण फलफुल विक्री गर्न नपाउदा पश्चिम नवलपरासी सुनवलका एक थोक ब्यापारीको लाखौं रुपियाँको केरा कुहिएर नष्ट भएको छ ।
कोरोनाको संक्रमण दर बढेको भन्दै जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले बैशाख २१ गतेदेखि जिल्लामा निषेधाज्ञा लागु गरेको छ ।
पछिल्लो दश दिनदेखि जिल्लामा निषेधाज्ञा लागेको र निषेधाज्ञ आगामी १५ दिनसम्मका लागि थप बढाईएका कारण केरा आपूर्ति गर्न नसकेको अवस्थामा सुनवलका थोक ब्यापारी रेसुंगा ट्रेड सेन्टर सुनवलका संचालक मेघराज हमालले आफुले २० टन केरा कुहिएर फाल्नु परेको बताएका छन ।
निषेधाज्ञा लाग्नु भन्दा दुई दिन पहिला मात्र आफुले भारतबाट २० टन केरा मगाएको अवस्थामा केरा ल्याउना साथ जिल्लामा र अन्य जिल्लामा समेत निषेधाज्ञा लागे पछि केराका फुटकर ब्यापारीहरुले केरा नलगे पछि केरा गोदाममा नै कुहिएर फाल्न बाध्य भएको ब्यापारी हमालले बताए ।